PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रघुजी पन्त भन्छन् : पार्टीको समस्या ओली नै हुन्



पहिलोपोस्ट

रघुजी पन्त भन्छन् : पार्टीको समस्या ओली नै हुन्
फोटो : रिपोर्टर्स क्लब नेपाल (फाइल)।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा छ। पार्टी फुटको संघारमा पुगेको नेताहरु बताउँछन्। स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित छ। समस्या समाधानका लागि नेताहरु आन्तरिक भेटघाटमा व्यस्त छन्।

स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीमा अहिलेको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कै कारण उत्पन्न भएको बताउँछन्। पार्टीलाई संकटबाट ओलीले नै मुक्त गर्नुपर्ने उनको भनाइ छ।

‘पार्टीको समस्या केपी ओली हुन्। पार्टीमा अहिले देखिएको समस्या अध्यक्ष ओलीका कारण नै उत्पन्न भएको हो। समाधान पनि उहाँले नै खोज्नुपर्छ,’ नेता पन्तले भने।

आइतवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा छलफल गरेका छन्।

भोलिका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। शनिवारको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell