PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हेलिकोप्टर काण्डले विवादमा अक्षय कुमार, मन्त्रीले गरे बचाउ



पहिलोपोस्ट

हेलिकोप्टर काण्डले विवादमा अक्षय कुमार, मन्त्रीले गरे बचाउ

बलिउड अभिनेता अक्षय कुमार लकडाउनमा हेलिकोप्टरमा गरेको हवाई यात्राले विवादमा तानिएका छन्। यात्रा नियम विपरित भएको भन्दै उनी विवादमा तानिएका हुन्।

अक्षयले चपरबाट महाराष्ट्रको नासिकमा निजी हेलिकोप्टरमा हवाई यात्रा गरेका थिए। गएको हप्ता उनी दुई दिनका लागि नासिकको त्रियंबकेश्वर गएका थिए। उनलाई त्यहाँ जान कसले अनुमति दियो भन्ने प्रश्न उठेको छ।

सुरुमा अक्षयलाई दिइएको सुरक्षामाथि जाँच गर्ने भन्दै आएका महाराष्ट्र सरकारका मन्त्री छगन भुजबलले जिल्ला कलेक्टरसँग सोधपुछ पछि अक्षयले नियमको उल्लंघन नगरेको भनेर बचाउ गरेका छन्।

नासिकमा अक्षयलाई कमिश्नरसहित प्रहरी अधिकारीले भेटेको र सो तस्विर बाहिरिएपछि चर्चा सुरु भएको थियो।

मन्त्री भुजबलका अनुसार अक्षय त्रियंबेकश्वरमा एक डाक्टरलाई भेट्न गएका थिए।

यता अक्षयको टिमले उनी स्वास्थ्यका कारण त्यहाँ गएको र सरकारबाट जरुरी यात्रा अनुमति लिएको स्पष्ट पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell