PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेकपा विवाद : ओली-प्रचण्ड वार्ता बिनानिष्कर्ष टुंगियो, भोलि पुनः भेट हुने



पहिलोपोस्ट

नेकपा विवाद : ओली-प्रचण्ड वार्ता बिनानिष्कर्ष टुंगियो, भोलि पुनः भेट हुने
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार दुई घण्टा छलफल भयो। बालुवाटारमा भएको छलफलमा निष्कर्ष निक्लन नसकेको सहभागी नेताहरु बताउछन्। दुई अध्यक्षबीच सोमवारको स्थायी कमिटी बैठक अघि पुनः छलफल गर्ने सहमति भएको छ।

‘आज विभिन्न विषयमा छलफल भयो। ठोस निष्कर्ष त निस्किएको छैन। भोलिको स्थायी कमिटी बैठक अघि पुनः छलफल गर्ने कुरा भएको छ,’ छलफलमा सहभागी नेताले भने।

आइतवारको छलफलमा विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। नेकपाको विवाद समाधनका लागि सहमतिको खाका तय गर्ने अनौपचारिक रुपमा जिम्मा पनि यी चार नेताहरुले पाएका छन्।

पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विभाजनतर्फ जान लागेको भन्ने नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन्। अध्यक्षद्वयबीच शुक्रवार ३ घण्टा लामो वार्ता भएको थियो।

तर, शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। अर्को बैठक सोमवारका लागि बोलाइएको छ। त्यसअघि नै सहमति जुटाउनेतिर नेताहरु लागेका छन्।

१० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पदबाट राजीनामा नदिने अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell