PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

किम कार्दशियनका पतिले अमेरिकी राष्‍ट्रपतीय चुनाव लड्‍ने



पहिलोपोस्ट

किम कार्दशियनका पतिले अमेरिकी राष्‍ट्रपतीय चुनाव लड्‍ने
PHOTO : WireImage

अमेरिकी र्‍यापर कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिने घोषणा गरेका छन्। कान्ये चर्चित हलिउड स्टार किम कार्दशियनका पति हुन्।

कान्येले शनिवार ट्वीटरमार्फत आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनमा दौडमा होमिएको घोषणा गरेका छन्। उनको ट्वीटलाई किम कार्दशियनले शेयर गरेकी छिन्। निर्वाचनमा अब कान्येको प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जो बाइडनबीच हुनेछ। रोचक त के छ भने कान्ये ट्रम्पका कट्टर समर्थक हुन्।

अमेरिकी नागरिकको सपना र भविष्यका लागि आफू राष्ट्रपति पदमा चुनाव लड्न लागेको उनको भनाई छ।

यद्यपि कान्येले राज्यबाट चुनावमा भाग लिन प्रक्रिया सुरु गरे/नगरेको भने जानकारी दिएनन्। अझै कैयौ राज्यमा निर्दलीय चुनाव लड्नका लागि समय बाँकी छ।

कान्येले चुनाव लड्ने घोषणा गरेपछि उनलाई समर्थन गर्नेहरु बढ्न थालेका छन्। चर्चित उद्योगपति एलन मस्कले कान्येलाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै स्वागत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell