PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका



रासस

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ। नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नम्बर १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो। वडा नम्बर ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यास भइसकेको र अन्य वडामा दिन जुराएर शिलान्यास गरिने उनले बताइन्। चौँसठ्ठी हजार जनसंख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन्।

स्वास्थ्यचौकी निर्माणका लागि जनसंख्याका आधारमा बजेट विनियोजन गरिएको छ। जनसंख्या सात हजारभन्दा बढी भएको वडामा ६४ लाख रुपैयाँ र थोरै भएका ठाउँमा ३४ लाख रुपैयाँका लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ।

सो नगरपालिकाको वडा नम्बर ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नम्बर १० मा सामुदायिक स्वास्थ्य एकाइ छन्। मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका चार वटा वडा पहाडमा पर्छन्। ती वडामध्ये दुई वटामा चेपाङको बाहुल्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell