PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

क्वारेन्टाइन बनाइएका पर्साका विद्यालयको विकल्प खोज्नुपर्ने अभिभावकको माग



राधेश्याम पटेल

क्वारेन्टाइन बनाइएका पर्साका विद्यालयको विकल्प खोज्नुपर्ने अभिभावकको माग

वीरगंज : क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका पर्सा जिल्लाका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्नुपर्ने कुरामा अभिभावकहरुले जोड दिएका छन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तरण गरिएको थियो। जसकारण आगामी दिनमा बालबालिकाको पढाइमा बाधा पुग्ने भन्दै विकल्प खोज्न अभिभावकहरुले माग गरेका हुन।

लामो समय देखि पठनपाठन अवरुद्ध हुँदा बालबालिकाको भविष्य अन्यौल बन्दै गएको र अब उच्च स्वास्थ्य सतर्कताका साथ विद्यालयहरु संचालन गर्नुको विकल्प नरहेको अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले बताए।

भारत तथा तेस्रो मुलुक लगायत अन्य जिल्लाबाट मानिस आउने क्रम रोकिएसँगै अहिले पर्साका क्वारेन्टाइनमा रहनेहरुको संख्या समेत निकै कम रहेको छ। पर्सामा आइतबारसम्म ३८ वटा क्वारेन्टाईनमा ८९ जना मात्रै रहेको छन्। उनीहरुलाई सुरक्षित स्थलमा सारेर विद्यालय खाली गर्नु पर्ने माग अभिभावकहरुको छ।

पर्सामा ३८ वटै क्वारेन्टाइन विद्यालयमा बनाईएको थियो। त्यहाँ १ हजार ७ सयभन्दा बढी व्यक्तिहरुलाई राखिएकोमा हाल सो संख्या घट्दै गएपछि अभिभावकहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell