PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तेल बोक्ने ट्यांकरमा गाँजा : १२८ किलो गाँजासहित दुई जना पक्राउ



राधेश्याम पटेल

तेल बोक्ने ट्यांकरमा गाँजा : १२८ किलो गाँजासहित दुई जना पक्राउ

वीरगंज : हेटौँडाबाट वीरगंजतर्फ आउँदै गरेको ट्यांकरबाट मकवानपुर प्रहरीले १ सय २८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको टोलीले वीरगंज जादै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्यांकरबाट सो गाँजा बरामद गरेको हो। अवैध लागुऔषध गाँजा ओसारपसार गरिँदै छ भन्ने विशेष सूचनाका आधार टयांकरमा जाँच गर्दा सो परिणामको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

गाँजासँगै प्रहरीले ट्यांकरका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह-चालक सोही स्थानका २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको रानाले बताए। अभियुक्तहरुलाई थप अनुसन्धानका लागि लागुऔषध ओसार पसार मुद्दामा प्रहरी हिरासतमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell