PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नक्कली पास लिएर यात्रु ओसार्ने सवारीधनीसहित तीन जना पक्राउ



पहिलोपोस्ट

नक्कली पास लिएर यात्रु ओसार्ने सवारीधनीसहित तीन जना पक्राउ

काठमाडौं : नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले सवारीधनीसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सवारीधनी बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ रजेना घर भएका ३८ वर्षीय पूर्णप्रसाद गौतम, चालक बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २८ का आशिष थापा र नक्कली पास बनाउने कार्यमा संलग्न बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय विशाल शाही रहेका छन्।

गत शुक्रवार महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जबाट काठमाडौं आएको ना ६ ख ८४४५ नम्बर को बस जाँच गर्दा उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास लिएर आएको देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय बाँकेले उक्त पास कार्यालयबाट जारी भएको पासको किर्ते भएको बताएपछि सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले चालक थापालाई शुक्रवार नै नियन्त्रणमा लिएको थियो।

३७ जना यात्रुको लागि जारी भएको उक्त पाससहित आएको यात्रुवाहक बसमा २४ जना यात्रुहरू नेपालगन्जबाट आएको खुलेको थियो। पास शंकास्पद देखिएपछि यात्रुलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ जोनमा पठाइएको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा थापाले सो सवारी पास सवारीधनी गौतमबाट पाएको खुलेकोले छ। प्रहरीले गौतम र नक्कली पास बनाउने कार्यमा संलग्न शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा आइतवार पक्राउ गरेको हो।

पक्राउ परेका तीन तीन जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell