PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामोसको गोलमा लिग लिडर रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

रामोसको गोलमा लिग लिडर रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकालेको छ। सान म्यामेस स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोली बिल्बाओमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

रियल मड्रिडको जितमा रामोसले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले खेलको ७३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे।

जितसँगै मड्रिडले अंकतालिकामा ७ अंकको अग्रता बनाएको छ। ३४ खेल खेलेको मड्रिड ७७ अंकसहित शीर्षस्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७० अंकसहित तेस्रो स्थानमा छ। मड्रिडसँग पराजय भोगेको एथ्लेटिको बिल्बाओ ४८ अंकसहित तालिकाको आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell