PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोनाको फराकिलो जित, रेकर्ड बनाउँदै मेस्सी



पहिलोपोस्ट

बार्सिलोनाको फराकिलो जित, रेकर्ड बनाउँदै मेस्सी

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि फराकिलो जित निकालेको छ। तालिकाको दोस्रो स्थानमा रहँदै उपाधि होडमा कायम रहेको बार्सिलोनाले भिल्लारियलमाथि ४-१ को फराकिलो जित निकालेको हो।

खेलको तेस्रो मिनेटमा भिल्लारियलका पउ टोरेसले आत्मघाती गोल गरेसँगै बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर १४ औं मिनेटमा जेराड मोरेनोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। त्यसको छ मिनेटमा बार्सिलोनाले फेरि अग्रता लियो लुइस स्वारेजको गोलमा। त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रीजमनले गोल गरे। ग्रीजमन र स्वारेज दुवैको गोलमा मेस्सीले एसिस्ट गरेका थिए। योसँगै जारी सिजन ला लिगामा मेस्सीले १९ एसिस्ट गरेका छन्। जुन सन् २०१०/११ यताकै सर्वाधिक हो।

 

पहिलो हाफमा ३-१ अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा अर्को एकगोल थप्यो। एन्टोनी ग्रीजम्यानको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेमा अंशु फातीले बार्सिलोनाका लागि अर्को गोल थपे। उनले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै बार्सिलोनाले तालिकामा ३४ खेलबाट ७३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान खेल खेलेको रियल मड्रिड बार्सिलोनाभन्दा ४ अंकले अगाडी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell