PahiloPost

Jun 24, 2026 | १० असार २०८३

म्यानचेस्टर सिटी पराजित, जारी सिजनमा सबैभन्दा टाढाबाट गोल



पहिलोपोस्ट

म्यानचेस्टर सिटी पराजित, जारी सिजनमा सबैभन्दा टाढाबाट गोल

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित भएको छ। सेन्टमेरी स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटी घरेलु टोलीसँग १-० ले पराजित भएको हो।

साउथह्याम्पटनको जितमा छे आडम्सले निर्णायक गोल गरे। उनले खेलको १६ औं मिनेटमा आर्मस्टङको पासमा गरेको गोल नै सिटीलाई हराउन घरेलु टोलीलाई पर्याप्त बन्यो। उनले ३९ यार्ड टाढाबाट गरेको गोल जारी सिजन सबैभन्दा टाढाबाट गरेको गोल हो।

 

जितसँगै ४३ अंक जोडेको साउथह्याम्टन १३ औं स्थानमा उक्लिएको छ। यता अघिल्लो खेलमा च्याम्पियन लिभरपुललाई ४-० को फराकिलो अन्तरले हराएको सिटी ६६ अंकसहित दोस्रो स्थानमा यथावत छ। त्यस्तै तेस्रो स्थानमा ५८ अंकसहित लेस्टर सिटी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell