PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

च्याम्पियन लिभरपुलको सहज जित, पराजित एस्टोन भिल्लालाई रेलिगेसनको भय



पहिलोपोस्ट

च्याम्पियन लिभरपुलको सहज जित, पराजित एस्टोन भिल्लालाई रेलिगेसनको भय

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको लिभरपुलले रेलिगेसन जोनमा रहेको एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुलले २-० को सहज जित निकालेको हो।

लिभरपुलको जितमा सार्डियो माने र कुर्टिस जोन्सले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा मानेले लिभरपुललाई अग्रता दिलाएका थिए। ७१ औं मिनेटमा अग्रता बनाएको घरेलु टोलीका लागि जोन्सले ८९ मिनेटमा दोस्रो गोल थपे। खेलको ८४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मोहम्मद सलाहको पासमा गोल गरे।

जितसँगै च्याम्पियन बनिसकेको लिभरपुललको ८९ अंक छ। अर्कोतर्फ एस्टोन भिल्ला रेलिगेसनको भयमा छ। १८ औं स्थानमा रहेको उसको ३३ खेलबाट २७ अंक छ। जबकी १९ औं स्थानमा रहेको बर्नेमाउथको पनि समान २७ अंक र पुछारमा रहेको नर्विच सिटीको २१ अंक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell