PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग



पहिलोपोस्ट

कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग

क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीलाई १९ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको छ। कोरोनाको कारण प्रभावित नेपालीहरुलाई स्थानीय संघसस्थाले सहयोग उपलब्ध गराएका हुन्।

क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को आसपासमा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)का महासचिव कैलाश थापाले जानकारी दिए। संस्थाको समन्वयमा गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर, दि व्हाइट जोन, सन्नी सगरमाथा समाज लगायतका संस्थाहरुले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग उपलब्ध गराएको हो।

समस्यामा परेका नेपाली विद्यार्थी, अमेरिकी सरकारबाट राहत पाउन नसकेका नेपालीलाई आपतकालीन अवस्थामा सहयोग उपलब्ध गराइएको जानकारी न्यान्सले दिएको छ। राहतका लागि व्यक्ति तथा संस्थाहरुबाट करिव २० हजार डलर संकलन भएको थियो। यसमध्ये एक हजार डलर नगद बाँकी रहेको न्यान्स कार्य समिति सदस्य यादव पोखरेलले बताए।

आर्थिक समस्यामा परेका ६८ जना एकल तथा परिवारलाई १७ हजार ४ सय डलर उपलब्ध गराइएको थियो। त्यस्तै १ हजार ४ सय डलरको मेडिकल सामाग्री उपलब्ध गराइएको जानकारी पनि न्यान्सले दिएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा अमेरिकामा रहेका नेपालीलाई असहज अवस्था रहेको र यस्तो आर्थिक सहयोगले उनीहरुलाई तत्कालका लागि केही राहत मिलेको संस्थाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell