PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

छिमेकीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ



पहिलोपोस्ट

छिमेकीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं: हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुर पुनर्वास नगरपालिका ५ भानुबस्ती बस्ने ४१ वर्षीय गोरे भन्ने गौरवबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो।

आज बिहान साढे ४ बजे गाउँमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीको विशेष अप्रेसन टोलीले नियन्त्रणमा लिएको हो। गत शनिवार राति १० बजेर ४० मिनेटमा खड्काले छिमेकीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell