PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

गण्डकी प्रदेशका तीन जिल्लामा थप १७ जनामा कोरोना पोजेटिभ



पहिलोपोस्ट

गण्डकी प्रदेशका तीन जिल्लामा थप १७ जनामा कोरोना पोजेटिभ

काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रदेशका तीन जिल्लामा दुई महिलासहित १७ जनामा कोरोना पोजेटिभ देखिएको हो। लमजुङमा ११ जना,कास्कीमा १ जना र बाग्लुङ्मा ५ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या १ हजार १ सय १३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell