PahiloPost

Jun 24, 2026 | १० असार २०८३

धनगढीका ७ सहित कैलालीमा थपिए ८ नयाँ संक्रमित



पहिलोपोस्ट

धनगढीका ७ सहित कैलालीमा थपिए ८ नयाँ संक्रमित

धनगढी : धनगढीका सातसहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढीका ३३ र ३५ वर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार गोदावरी नगरपालिकाका ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ८६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell