PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

विदेशबाट नेपाली ओसार्ने नेवानीका पाइलट पनि कोरोनाबाट संक्रमित



पहिलोपोस्ट

विदेशबाट नेपाली ओसार्ने नेवानीका पाइलट पनि कोरोनाबाट संक्रमित

काठमाडौं : नेपाल वायुसेवा निगमका ७ जना पाइलट र क्रुमा कोभिड १९ पोजेटिभ देखिएको छ। विदेशमा रहेका नेपाली ओसार्न सक्रिय रहेका निगमका कर्मचारीमा कोरोना देखिएको हो।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पाइलटमा कोरोना संक्रमणको पुष्टि गरेका छन्। उनले सोसल मिडियामा लेखेका छन्, 'नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना भाइरस पोजेटिभ देखिएकोमा दु:ख लागेको छ।'

संक्रमित पाइलटहरुलाई सोल्टी होटलको क्वारेन्टाइनमा राखिएको छ।

'संकटकालीन अवस्थामा उहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु,' मन्त्री भट्टराईले लेखेका छन्, 'उहाँहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell