PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अनलाइन कराते कातामा नेपाल तेश्रो स्थानमा



पहिलोपोस्ट

अनलाइन कराते कातामा नेपाल तेश्रो स्थानमा
तस्बिर: राखेप

काठमाडौं: आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ। नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा रहेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए।

११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ इरान दोश्रो भयो।

इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो। अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ्ग जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्।

यस्तै सिनियर क्याटेगोरीमा पुरुषतर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत जोडे। यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जिते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell