PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

मास्क नलगाई घरबाट निस्किए अब प्रहरीले कारबाही गर्ने



पहिलोपोस्ट

मास्क नलगाई घरबाट निस्किए अब प्रहरीले कारबाही गर्ने

काठमाडौः देशमा कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न गृह मन्त्रालले निर्देशन दिएको छ।

गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो। मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

'मानिस मास्क नलगाई हिंड्ने गरेकाले संक्रमण फैलिदै गएपछि यस्तो निर्देशन दिएका हौं,' गृह मन्त्रालयलका उपसचिव उमाकान्त अधिकारीले भने।

सकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी फेरेपछि खुलेका व्यापार व्यवसाय तथा सवारी साधनले गर्दा मानिसको चाप बढेको छ। काठमाडौं उपत्यकाभित्र संक्रमितको सङख्या फैलिदै गएको छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell