PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारत-चीन तनावका कारण आमिर खानको शुटिंग प्रभावित



पहिलोपोस्ट

भारत-चीन तनावका कारण आमिर खानको शुटिंग प्रभावित

गलवान घाटीमा भारत र चीनबीचको सीमा तनावका कारण बलिउड अभिनेता आमिर खानको फिल्मको शुटिंग प्रभावित भएको छ। दुई देशका सेनाबीच गलवान घाटीमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि तनाव बढेको छ।

उक्त तनावले लद्दाखमा हुने भनिएको आमिर खानको फिल्मको शुटिंग स्थगित गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार आमिरको फिल्म 'लाल सिंह चड्ढा'को शुटिंग लद्दाख हुनुपर्ने थियो। तर, भारत र चीनबीच बढ्दो तनावका कारण स्थगित भयो।

कोरोनाका कारण यो फिल्मको शुटिंग मार्चमा पनि सरेको थियो। अब यो फिल्मको शुटिंग लद्दाखको सट्टा कारगिलमा गर्ने तयारी फिल्म युनिटको छ।

आमिरले स्थिति सामान्य भएपछि शुटिंग सुरु गर्नुपर्ने भनेका छन्।

फिल्म 'लाल सिंह चड्ढा'मा आमिरका अलावा करिना कपूर र मोना सिंह पनि मुख्य भूमिकामा छन्। अस्कर विजेता हलिउड फिल्म 'फरेस्ट गम्प' लाई निर्देशक अद्वैत चंदन हिन्दी भर्सनमा निर्देशन गर्न लागेका छन्। फिल्म २०२१ को क्रिसमसमा प्रदर्शन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell