PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

पर्साको गादी खोलामा एक पुरुषको शव फेला



राधेश्याम पटेल

पर्साको गादी खोलामा एक पुरुषको शव फेला

वीरगंज : पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाको गादी खोलामा सोमवार बिहान एक पुरुषको शव फेला परेको छ। खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो शव बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल निवासी ४० वर्षीय उमेश सहनीको रहेको स्थानीयले बताएका छन्। घटना स्थलबाट प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ।

शवको पोस्टमार्टम रिपार्ट आएपछि घटनाबारे थप जानकारी आउने प्रहरीले बताएको छ। घटनामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय पोखरीयाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell