PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

नेपोटिज्मबारे टाइगर भन्छन्: ‘इण्डस्ट्रीमा इन्ट्री सजिलो, स्थापित हुन एकदमै कठीन, मेहनत दोब्बर’



पहिलोपोस्ट

नेपोटिज्मबारे टाइगर भन्छन्: ‘इण्डस्ट्रीमा इन्ट्री सजिलो, स्थापित हुन एकदमै कठीन, मेहनत दोब्बर’

बलिउड अभिनेता टाइगर श्रापले नेपोटिज्म (नातावाद/गुटबन्दी)बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। बलिउड अभिनेता ज्‍याकी श्रापका छोरा टाइगरले आफन्त र परिवारका सदस्य हुँदा बलिउड फिल्म इण्डस्ट्रीमा प्रवेश गर्न सहज भए पनि स्थापित हुन एकदमै कठीन रहेको अनुभव सुनाएका छन्।

अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे बहस भइरहेका बेला टाइगरले आफ्नो अनुभव सुनाएका हुन्। उनले इण्ड्रस्टीमा आफ्ना अभिभावक हुँदा उनीहरुको ख्यातीलाई गिर्न नदिने, अझ राम्रो गर्ने दबाब हुने स्मरण गरे।

‘पिता इण्ड्रस्टीमा हुँदा म माथि बढी प्रेसर छ। मानिसहरुलाई लाग्छ हामीलाई सहज छ। तर, म झुठो बोल्दिन। एक तरिकाले मानिसको ध्यान खिच्न सजिलो छ। तर हामीले आफूलाई स्थापित गर्नका लागि दोब्बर मेहनत गर्नुपर्छ। मैले आफूलाई पिताको छाया र इमेजबाट बाहिर निकाल्न सकेको छु,’ उनले भने।

आफूले पिता ज्याकीको ३० वर्षदेखि फिल्म इण्ड्रस्टीमा सफलता र असफलता सबै देखेको भन्दै उनले बाल्यकालमा पिताले धेरै नै साथ दिए स्मरण गरे। अहिले आफू आफ्नो खुट्टामा उभिएकाले आफूलाई टारगेट गर्न सहज भएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell