PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ३७ जिल्लामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा ३७ जिल्लामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा ३७ जिल्लाका १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा भएको परीक्षणमा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि काठमाडौंका २४ जना रहेका छन्। त्यस्तै, ललितपुरका २० र भक्तपुरका १० जना रहेका छन्।

कहाँ कति संक्रमण?

संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १/१ जना रहेका छन्।

कोशी अस्पतालमा भएको परीक्षणमा झापाका २ तथा सिरहा र खोटाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ तथा गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १, सर्लाहीका ६ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा चितवनका १, हेटौंडाको किटजन्य रोग अन्वेषण केन्द्रमा नवलपरासी पश्चिमका १ र रौतहटका ३ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा काभ्रेका ३, नवलपरासी पश्चिमका १, ओखलढुंगाका ३ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल प्रयोगशालामा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका २, झापाका १ र कास्कीका १ जना रहेका छ। त्यस्तै, पाटनमै भएको परीक्षणमा काठमाडौंका २३, ललितपुरका २०, काभ्रेका १, खोटाङ २, मकवानपुरका ५, नवलपरासी पूर्वका १, रौतहटका ३, संखुवासभाका १, सप्तरीका २, सिन्धुलीका २, सिन्धुपाल्चोक २ तथा सिरहा, सुनसरी, ताप्लेजुङ, अर्घाखाँचीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा काठमाडौं र उदयपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला पोरखामा बाग्लुङका ६ तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ७, लमजुङका ११, र गोरखाका ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा नवलपरासी पश्चिमका ३, पाल्पा र प्युठानका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।

चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डडेलधुराका ५ र जुम्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ। 

 

पछिल्लो अपडेट अनुसार सबै भन्दा बढी प्रदेश २ मा चार हजार १८४ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका २ हजार ०७२ जना डिस्चार्ज भइसकेका छन्।

प्रदेश ५ मा ३ हजार ९८४ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १ हजार ८५७ जना डिस्चार्ज भइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा ३ हजार ६९१ जनामा संक्रमण पुष्टि हुँदा ६६३ जना डिस्चार्ज भइसकेका छन्।

कर्णाली प्रदेशमा १ हजार ५८१ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँका संक्रमितमध्ये १ हजार २२२ जना डिस्चार्ज भइसकेका छन्। गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १७५ पुगेको छ। त्यहाँका २९५ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश १ मा संक्रमितको संख्या ७१० र डिस्चार्ज हुनेहरु ४६९ जना रहेका छन्।

वाग्मती प्रदेशमा ६३९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २३४ जना डिस्चार्ज भइसकेका छन्।

हालसम्म नेपालमा संक्रमित भएकामध्ये ४२.२ प्रतिशत उपचारपछि डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए। हाल संक्रमितमध्ये ९ हजार ११८ जना आइसोलेसनमा रहेका छन्। त्यस्तै, ३५ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell