PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मेलम्ची आयोजनाले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति



पहिलोपोस्ट

मेलम्ची आयोजनाले सुरुङमा पानी पठाउँदा जानकारी नदिएको भन्दै हेलम्बु गाउँपालिकाको आपत्ति

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निर्माणाधिन मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङमा पानी हाल्ने कार्य गर्दा गाउँपालिकालाई जानकारी नदिइएको भन्दै आपत्ति जनाएको छ। गाउँपालिकाले सोमवार एक विज्ञप्ति जारी गर्दै मेलम्ची खानेपानी आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुरुङ मार्गबाट पानी पठाउने काम भएको जानकारी सञ्चार माध्यमबाट पाएको र समन्वय नगरी सम्बन्धित निकायले गैरजिम्मेवार कार्य गरेको बताएका छन्।

शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान को धारा २३२ ले सुनिश्चित गरेको तीनै तहको सरकार बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरीत भएकोले स्थानीय सरकार र स्थानीयवासीलाई बेवास्था गरेको प्रमाणित भई हेलम्बु गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा राष्ट्रिय गौरव आयोजनामा स्थानीय सरकार र स्थानीयलाई निरन्तर संग्लन नगराउने सम्पूर्ण कार्यहरुप्रति घोर आपत्ति जनाउदै यस्ता अनुचित र गैरजिम्मेवार कार्यविरुद्ध आगामी दिनहरुमा सहयोगको लागी असहज वतावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य चेतावनी समेत दिएका छन्।

आइतवार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी काठमाडौं पठाउन सुरु गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell