PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शिक्षकलाई गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त ११ वर्षपछि पक्राउ



राधेश्याम पटेल

शिक्षकलाई गोली हानी हत्या गरिएको घटनाका मुख्य अभियुक्त ११ वर्षपछि पक्राउ

वीरगंज : बाराका एक शिक्षकलाई गोली हानी हत्या गरिएको घटनामा संलग्न मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेको छ। सोमवार बिहान १० बजे उनको घरबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

साविक फेटा गाविस-५ स्थायी घर भई हाल कलैया-१८ मा बसोबास गर्दै आएका ४४ वर्षीया बैठा विगत ११ वर्षदेखि हत्या मुद्दामा फरार थिए। उनीसहित ४ जना मिलेर २०६६ वैशाख १७ गते फेटा-१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक प्रदिपकुमार तिमिल्सिनालाई गोली हानी हानी हत्या गरेका थिए।

शिक्षक तिमिल्सिनाको कलैया-१० बरेवा घर फर्किने क्रममा फेटामै गोली हानी हत्या गरिएको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि घटनामा संलग्नहरु फरार रहेका थिए।

अभियुक्तहरुमध्ये गंजभवानीपुर-३ बस्ने अग्नि भनिने सुनिल जैसवाललाई बारा प्रहरीले २०७० साउन २४ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका छ।

घटनाका अर्का अभियुक्त फेटा-१ बस्ने विजय पटेल २०७३ पुस ५ गते पक्राउ परेका थिए। बारा जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि वीरगंज कारागारमा पठाएको छ। अर्का अभियुक्त रामनारायण सहनी हाल फरार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell