PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

ओली समर्थकहरुको पाटन क्षेत्रमा नारा : आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई

ओली समर्थकहरुको पाटन क्षेत्रमा नारा : आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पाटनको मंगल बजार क्षेत्रमा प्रदर्शन गरिएको छ। नेकपाभित्र आन्तरिक द्वन्द्व चलिरहँदा ओली समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विभाजनतर्फ जान लागेको भन्ने नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन्। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक वार्ता भइरहेको छ।

१० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पदबाट राजीनामा नदिने अडानमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell