PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सन्दीप सिपिएलमा जमैकाबाट खेल्ने



पहिलोपोस्ट

सन्दीप सिपिएलमा जमैकाबाट खेल्ने

क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछाने जमैका तल्लावहाजबाट खेल्ने भएका छन्। गएराति भएको ड्राफ्टबाट जमैकाले उनलाई ९० हजार अमेरिकी डलरमा (१ करोड ८ लाख नेपाली)मा अनुबन्धित गरेसँगै उनले लगातार तेस्रो पटक सिपिएल खेल्ने भएका हुन्।

सन्दीप अनुबन्धित भएका विदेशी लिगहरु मध्येमा यो इङ्ग्ल्याण्डको द हन्ड्रेड पछिको यो दोस्रो ठूलो रकममा अनुबन्धन हो।

कोरोना महामारीका कारण सिपिएल कहिले हुने भन्ने निश्चित भइसकेको छैन। यद्यपि अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म बन्द रंगशालामा खेलाउने भनेर प्रस्ताव गरिएको छ।

सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका सन्दीपले दोस्रो सिजन बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell