PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

उपत्यकाभित्र संक्रमण बढेपछि सवारी चेकिङमा थप कडाइ गर्दै प्रहरी



पहिलोपोस्ट

उपत्यकाभित्र संक्रमण बढेपछि सवारी चेकिङमा थप कडाइ गर्दै प्रहरी

काठमाडौः काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको संकट थपिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ।

सडकमा गुड्ने सवारीदेखि मानिसले सङ्क्रमणबाट जोखिन सामाजिक दुरीदेखि मास्कसमेत लगाएको नलगाएको हेर्न गृहले प्रहरीलाई निर्देशन दिइसकेको छ। गृह मन्त्रालयले सोमवार नै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै ७७ वटै जिल्लामा मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको हो।

त्यस्तै काठमाडौँ उपत्यकाभित्र सरकारले परिवर्तन गरेको मोडालिटी विपरीत सवारी साधन चलेकाले थप कडा गर्न निर्देशन दिएको हो। सरकारले निजी सवारी साधनलाई जोर बिजोरको आधारमा सञ्चालन गर्न दिइरहेको छ। तर अहिले धेरैले जोरबिजोर प्रणालीको बेवास्ता गरेर सवारी चलाएको पाइएपछि थप कडाइ गर्न लागेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर बिजोर प्रणालीको पूर्ण पालना गराउन ५६ वटा चेकप्वाइन्ट राखी थप कडाइ गरिरहेको छ।' जोरबिजोर प्रणाली उल्लङ्घन गरेर सवारी चलाउनेको सङ्ख्या बढेकाले थप कडाइ गर्नु परेको हो।' महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

सोमवारमात्र जोर बिजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५ भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठुला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको एसएसपी ढकालले जानकारी दिए।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने ४१ हजार ५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिई सकेको महाशाखाले जनाएको छ।

सरकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी लागू गरेको छ। तर सरकारले संचालन गर्न तोकेका व्यापार व्यवसायले समेत मापदण्ड पुरा गरेका छैनन्। अहिले सडकदेखि बजारसम्म मानिसले कोरोना संक्रमणको वेवास्ता गर्दै आफ्नो दैनिकी सञ्चालन गरेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell