PahiloPost

Jun 24, 2026 | १० असार २०८३

झुटो विवरण बनाई विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत जेल चलान



पहिलोपोस्ट

झुटो विवरण बनाई विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिने अधिकृत जेल चलान

काठमाडौः झुटो विवरण पेस गरेर विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइ दिएको अभियोगमा प्रहरीले एक प्रशासकीय अधिकृतलाई जेल चलान गरिएको छ। जिल्ला अदालत झापाले जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई पूर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय झापा र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत सुरेश आचार्यलाई काठमाडौंको गोठाटारबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले अदालतबाट अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको थियो।

आचार्यले २०७२ मंसिर १० गते झुटो विवरण भराएर एक विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाएको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनको अपराध पुष्टि भएमा एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय वा २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell