PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

१२ औं दिनमा अभियन्ता ई: ले तोडे अनशन, सरकारसँग भयो १२ बुँदे समझदारी

१२ औं दिनमा अभियन्ता ई: ले तोडे अनशन, सरकारसँग भयो १२ बुँदे समझदारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारसँग १२ बुँदे समझदारी भएसँगै युवा अभियन्ता ई: ले अनशन तोडेका छन्। कोरोना रोकथाममा सरकार असफल भएको र भ्रष्टाचार मौलाएको भन्दै ई: र पुकार बम १२ दिनयता पाटनमा अनशनमा थिए।

गत बिहीवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग युवाहरुले आफ्नो माग राखेका थिए। सोही दिन अनशनरत युवाहरु ह्याम्स अस्पताल भर्ना भएका थिए।

बिहीवार र शुक्रवार सरकार र अनशनरत पक्षबीच वार्ता भए पनि कुनै निष्कर्षमा पुगेको थिएन। सोमवार मन्त्रालयमा भएको वार्तामा १२ बुँदे सहमति भएको युवा समूहले जनाएको छ।

सम्झौताअनुसारको काम नभएर पुन त्यही ठाउँमा गएर अनशन बस्न बाध्य हुने ई: ले चेतावनी दिए। अनशन तोडेपछि ई: ले भने, 'वार्ताअनुसारको काम हुनु पर्‍यो। फेरि त्यही ठाउँमा जान बाध्य हुने दिन नआओस्।'

यी हुन् सहमतिका १२ बुँदा



ट्रेन्डिङ पोस्ट

Ncell