PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

ओली-प्रचण्ड एक्ला एक्लै वार्ता सुरु: निस्केला त निकास?



पहिलोपोस्ट

ओली-प्रचण्ड एक्ला एक्लै वार्ता सुरु: निस्केला त निकास?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच वर्ता सुरु भएको छ। नेकपाभित्र देखिएको किचलो मिलाउन बालुवाटारमा वार्ता सुरु भएको हो।

प्रचण्ड ओलीबीच एक्ला एक्लै वार्ता सुरु भएको छ। केही बेरअघि वालुवाटारमा वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पछिल्लो पटक भएको ओली प्रचण्ड भेटमा एक्ला एक्लै वार्तामा बस्ने सहमति भएको थियो। नेकपा भित्रको विवाद समाधानका लागि केही दिन अघिदेखि ओली प्रचण्डबीच पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन। तर पछिल्ला ओली प्रचण्ड भेटले नेकपा भित्रको विवाद मत्थर हुन थालेको चर्चा चल्न थालेको छ। यसअघिको भेटमा ओली प्रचण्ड बीच पाँच बुदे सहमति भएको भनिए पनि प्रचण्डको सचिवायलयले त्यसको खण्डन गरेको थियो।

नेकपा स्थायी कमिटी वैठकमा प्रधानमन्त्री ओलीलाई दुबै पदबाट राजीनामा दिन माग चर्कोगरी उठेपछि पार्टी विभाजनको संघारमा पुगेको थियो। प्रचण्ड-बरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीले पार्टी फुटाउन लागेको आरोप लगाएका थिए भने ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए।

यसअघि ओली प्रचण्डबीच मंसिर ४ मा कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीका विषयमा सहमति भएको थियो। जसमा ५ वर्ष नै प्रधानमन्त्री केपी ओली हुने र कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई हुने सहमति पत्रमा उल्लेख थियो। तर ओलीले सहमति तोडेको भन्दै प्रचण्डले सचिवालय र स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेका हुन्। प्रचण्ड नेपाल समूहले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिँदै आएको छ। बिधानमा भएको एक ब्यक्ति एक पदकोको व्यवस्था पालना हुनुपर्ने अडान नेपाल समूहले लिँदै आएको छ।

ओलीले भने दुबै पदबाट आफू राजीनामा नदिने बरु हटाएर देखाउन पार्टी नेताहरुलाई चुनौती दिँदै आएका छन्। उनको चुनौतीपछि पार्टी फुटको संघारमा पुगेको भन्दै प्रचण्डले स्थायी कमिटी सदस्यलाई ब्रिफिङ गरेका थिए। पार्टी फुट उन्मुख भएपछि नेकपाका दोस्रो र तेस्रो तहका नेताहरु पनि सक्रिए भएका छन्। उनीहरुले पार्टी फुटबाट जसरी पनि जोगाउन नेतृत्वलाई दवाव दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell