PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, कुल संक्रमित ३७ सय नाघे



एम बम

धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, कुल संक्रमित ३७ सय नाघे

कैलाली : सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र अछामका पाँच जना गरी २२ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिरकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार सात सय १३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell