PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बलिउड निर्माता/निर्देशक हरिश शाहको निधन, यस्तो छ राजेश खन्नादेखि सनी देओलसम्म ‘वर्क हिस्ट्री’



पहिलोपोस्ट

बलिउड निर्माता/निर्देशक हरिश शाहको निधन, यस्तो छ राजेश खन्नादेखि सनी देओलसम्म ‘वर्क हिस्ट्री’

बलिउड निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ। आफ्नो करियरमा सुपरस्टार राजेश खन्नादेखि सनी देओलसम्म इण्ड्रस्टीमा काम गरेका शाहले मंगलवार विहान ७६ वर्षको उमेरमा अन्तिम श्वास लिए। उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए।

उनले निर्माण गरेको राजेश खन्ना र तनुजाको फिल्म ‘मेरे जीवनसाथी’ बलिउडको हिट र आज पनि सम्झिने फिल्ममा पर्छ।

उनको आज दिउँसो पवन हंस घाटमा अन्त्येष्टि गरिएको छ। कोरोना महामारीका कारण अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्तमात्रै सहभागी थिए।

हरिश शाहले सन् १९७२ मा भाई विनोद शाहसँग मिलेर 'मेरे जीवन साथी'जस्ता हिट फिल्मको निर्माण गरेका थिए। यो फिल्ममा राजेश खन्ना र तनुजाको अभिनयले दर्शकको मन जितेको थियो। हरिशले सन् १९७५ मा फिरोज खान र परवीन बबीको अभिनय रहेको 'काला सोना', सन् १९८५ मा संजीव कुमार र रेखाको फिल्म 'राम तेरे कितने नाम' को पनि निर्माण गरेका थिए।

सन् १९८० मा हरिशले निर्देशनतिर पनि कदम अगाडि बढाए। सुरुमा उनले ऋषि कपूर र नीतू कपूरको 'धन दौलत' फिल्मको निर्देशन गरे। सन् १९८८ मा फिल्म ‘जलजला’, सन् १९९५ मा फिल्म ‘अब इंसाफ होगा’ निर्देशन गरे।

सनी देओल र तब्बूको फिल्म ‘जाल द ट्रैप’ उनले निर्देशन गरेको अन्तिम फिल्म थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell