PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शाहरुख खानलाई लकडाउन फलिफाप, वरुण धवनले पाउने भए मौका



पहिलोपोस्ट

शाहरुख खानलाई लकडाउन फलिफाप, वरुण धवनले पाउने भए मौका

लकडाउनले धेरैलाई फुर्सदिलो बनाएको छ। साथै घरमा खाली बस्दा तनाव पनि भएको अवस्था छ। तर बलिउड अभिनेता शाहरुख खानका लागि लकडाउन महत्वपूर्ण समय बनेको छ।

लकडाउनको समयलाई उनले यसरी सदुपयोग गरिरहेका छन् कि जुन उनको करियरका लागि फलिफाप अर्थात फाइदाजनक देखिएको छ। लकडाउनमा उनले स्क्रिप्‍टहरु पढ्नेमात्र होइन आफ्नो प्रोडक्सन हाउसका लागि पनि फिल्मको छनौट गरिरहेका छन्। अब उनी आफ्नो नयाँ प्रोजेक्टमा वरुण धवनलाई मौका दिने निष्कर्षमा पुगेका छन्।

मुम्बई मिररका अनुसार शाहरुख आफ्नो प्रोडक्शन हाउसका लागि कथाहरु अध्ययन गरिरहेका छ्न्। कोरोना महामारी सामान्य भएपछि विभिन्न फिल्ममा काम गर्ने तयारीमा छन्। केही प्रोजेक्टका लागि युवा अनुहारको आवश्यकता छ। त्यसैले उनी आफ्नो फिल्‍म ‘दिलवाले’का को-स्‍टार वरुण धवनलाई लीड रोल दिनेबारे सोचिरहेका छन्। अभिषेक बच्‍चनसँग सहकार्य गरिएको ‘बब विश्वास’ भने पहिले नै फ्लोरमा गइसकेको छ।

कुन कुन फिल्म खेल्दैछन् शाहरुख?

शाहरुखले राजकुमार हिरानीको आगामी फिल्म फाइनल गरेका छन्। सामाजिक हास्यव्यंग्यमा आधारित फिल्मको कथा पञ्जाबदेखि क्यानडासम्म घुम्नेछ। फिल्मका लागि शाहरुखले आफ्नो कपाल पनि बढाएका छन्।

त्यसैगरी निर्देशक अयान मुखर्जीको फिल्‍म 'ब्रहास्त्र'मा पनि शाहरुख महत्वपूर्ण भूमिकामा देखिनेछन्। उनी त्यसमा एक वैज्ञानिकको भूमिकामा हुनेछन्।

पछिल्लो समय शाहरुखका फिल्म व्यवसायिक रुपमा कमजोर परेपछि उनले कुनै फिल्म साइन गरेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell