PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रोनाल्डोको गोलले रोकेन लिग लिडर युभेन्टसको हार, एसी मिलानको उत्कृष्ट पुनरागमन जित



पहिलोपोस्ट

रोनाल्डोको गोलले रोकेन लिग लिडर युभेन्टसको हार, एसी मिलानको उत्कृष्ट पुनरागमन जित

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टस एसिमिलानसँग पराजित भएको छ। खेलमा २ गोलले पछि परिसकेको घरेलु टोली एसी मिलानले युभेन्टसमा माथि ४-२ को जित निकालेको हो।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो। खेलको ४७ औं मिनेटमा मिडफिल्डर एड्रियन राबिओटको गोलमा अग्रता बनाएको युभेन्टसका लागि त्यसको ६ मिनेटमै क्रिस्टियानो रोनाल्डोले अर्को गोल थपे।

यता खेलको ६२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खाता खोलेको एसी मिलानले ७ मिनेटभित्र ३ गोल गर्दै खेलमा पुनरागमन गर्‍यो। ६२ औं मिनेटमा ज्लाटन इब्राहिमोबिक, ६६ मिनेटमा फ्राङ्क केस्सेइ र ६७ औं मिनेटमा राफेल लेओले गोल गर्दा मिलानले अग्रता बनायो। मिलानका लागि फेरि अर्को गोल ८० औं मिनेटमा एन्टे रेबिकले गरे। र, मिलानले लिग लिडर युभेन्टसमाथि ४-२ को सानदार पुनरागमन जित निकाल्यो।

जितसँगै एसिमिलान ३१ खेलबाट ४९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। यता समान खेल खेलेको युभेन्टस भने ७५ अंकसहित शीर्षस्थानमा यथावत छ। दोस्रो स्थानमा रहेको लाजियोको ६८ अंक र तेस्रो स्थानमा रहेको इन्टर मिलानको ६४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell