PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रहरी महानिरीक्षक ज्ञवालीले अवकाश पाउँदै



पहिलोपोस्ट

प्रहरी महानिरीक्षक ज्ञवालीले अवकाश पाउँदै

काठमाडौँः नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले आजबाट अवकाश पाउँदै छन्।

३० वर्षे सेवा अवधिका कारण उनी आजदेखि आइजीको पदबाट अवकाश पाउन लागेका हुन्। उनलाई नेपाल सरकारले गत माघ २८ गते डिआइजीबाट बढुवा गरेर नेपाल प्रहरीको महानिरीक्षक( आइजी)मा नियुक्त गरेको थियो। २०४७ असार २५ गते नेपाल प्रहरी सेवामा प्रदेश गरेका ज्ञवालीले पाँच महिना नेपाल प्रहरीको कमान्ड सम्हाल्ने मौका पाए।

सरकारले मंगलवार नेपाल प्रहरीको नयाँ नेतृत्वको जिम्मेवारी एआइजी शैलेश थापा क्षेत्रीलाई दिइसकेको छ। मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell