PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टोखाको घुस 'डिल' प्रकरण : डिल्ली बजार मालपोत कार्यालयका प्रमुख पनि तानिए, अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै



पहिलोपोस्ट

टोखाको घुस 'डिल' प्रकरण : डिल्ली बजार मालपोत कार्यालयका प्रमुख पनि तानिए, अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै

काठमाडौः मालपोत कार्यालय डिल्ली बजारका प्रमुख पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको हो। यसअघि आयोगको टोलीले कार्यालयका ६ जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको थियो।

असार २ गते टोखा नगरपालिकाका वडा नम्बर ९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेस अगाडिबाट मालपोत अधिकृत रघुवंश कँडेलदेखि खरिदारसम्म थिए। उनीहरुले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिए वापत घुसको मोलमोलाई हुँदै गर्दा पक्राउ गरेको हो।

मालपोल अधिकृतसहित खरिदार दीपक खनाल, नायब सुव्बा उद्वव सापकोटा, नवराज घिमिरे, नारायणप्रसाद पोखरेल र गोपाल खड्का रहेका छन्। उनीहरुको साथबाट घुसवापत लिएको ८ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो।

उनीहरुको बयानको आधारमा प्रमुखलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको अख्तियारका एक अधिकारीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell