PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

दिउँसो कागज बोतल उठाउने हुलियामा 'रेकी', रात परेपछि चोरी : जेलबाट छुटेकाको यस्तो धन्दा



पहिलोपोस्ट

दिउँसो कागज बोतल उठाउने हुलियामा 'रेकी', रात परेपछि चोरी : जेलबाट छुटेकाको यस्तो धन्दा

काठमाडौं : प्रहरीले रातको समयमा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमवार मोरङको उर्लाबारीबाट दुई जना र काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ३७ वर्षीय  सुमित भन्ने गङ्गाबहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुरका ४९ वर्षीय विक्रम भन्ने जङ्गबहादुर साझी रहेका छन्। चोरीमा संलग्न दुई जना भारतीय नागरिक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको समूहले गत फागुन १८ गते रातको समयमा काठमाडौंको लाजिम्पाटमा रहेको दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट १ किलोभन्दा बढी सुनका गहना र रकम चोरी गरेको खुलेको छ। ज्वेलर्समा रहेको १ किलो १५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गहना र नगदसमेत गरी पचासी लाख रुपैयाँ बराबरको मालसामान चोरी गरेको प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए।

उनीहरू जेलमा बस्दा एक अर्कासँग चिनजान भएको खुलेको छ। जेलबाट छुटे पश्चात् पुनः भेला भई अन्तिम पटक ठुलो धनमाल चोरी गर्ने भन्दै योजना बनाएर चोरी गरेको खुलेको एसपी कार्कीले जानकारी दिए। उनीहरूले चोरी गर्नको लागि एक सातासम्म साइकलमा कागज बोतल उठाउने हुलियामा हिँडेर पसलको रेकी गरेको देखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell