PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

चार विशेष उडानबाट आफ्ना नागरिक लैजाँदै चीन



पहिलोपोस्ट

चार विशेष उडानबाट आफ्ना नागरिक लैजाँदै चीन
घर फर्किन पाउँ भन्दै आन्दोलनमा उत्रिएका चिनियाँको फाइल फोटो।

काठमाडौं : चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउनका लागि चारवटा विशेष उडान गर्ने भएको छ। जसमध्ये पहिलो उडान जुलाई २४ मा गर्न लागेको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको जनाएको छ।

पहिलो उडान काठमाडौंबाट छन्दुका लागि हुने छ। पहिलो प्राथमिकतामा डिसेम्बरसम्म पर्यटन भिषामा नेपाल आइ रोकिएकाहरुलाई राखिएको छ। दूतावासले विच्याट मिनी-प्रोग्रामबाट तथ्यांक संकलन गरिरहेको छ।

प्राथमिकताका आधारमा दूतावासले ६५ वर्ष माथिका, १२ वर्ष सम्मका बालबालिका, गम्भिर रोग भएका विरामीहरु, अपांगता भएका व्यक्तिहरु, गर्भवती महिला तथा चीनमा आफन्तको मृत्यु भएका तथा गम्भिर विरामी भएका व्यक्तिको आफन्तलाई पहिलो प्राथमिकतामा राखिएको छ।

यसरी स्वदेश फर्किन चाहनेहरुले जानु अगाडि तोकिएका अस्पतालबाट कोरोना भाइरसको न्युक्लिक एसिड टेस्टको रिपोर्ट बुझाउनुपर्ने छ। नेगेटिभ नतिजा आएकालाई मात्र स्वदेश फर्काइने दूतावासले जनाएको छ।

दूतावासले स्वदेश फर्किने हवाई भाडा तथा स्वास्थ्य परीक्षण शुल्क, होम आइसोलेसनको व्यवस्था गर्नुपर्ने छ। चीन पुगेपछि पनि त्यहाँको स्थानीय निकायबाट परीक्षण गराउनुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell