PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओली-प्रचण्ड पुनः छलफलमा, होला त सहमति?



पहिलोपोस्ट

ओली-प्रचण्ड पुनः छलफलमा, होला त सहमति?
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः छलफलमा जुटेका छन्। ओली र प्रचण्डबीच केहीबेर अघिदेखि छलफल शुरु भएको प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटाले जानकारी दिए।

अध्यक्षद्वयले मंगलवार पनि दुई घण्टा छलफलमा बिताएका थिए।

केही दिनयता नेकपाका अध्यक्षद्वबीच दिनहुँ छलफल भइरहेको छ। तर, कुनै ठोस निष्कर्ष भने निस्किन सकेको छैन। ओली दुवै पद नछाड्ने अडानमा छन्।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीले एउटा पद छाड्नै पर्ने अडानमा छ। नेता नेपालले पार्टी एक व्यक्ति एक पदको मुद्दा उठाउदै आएका छन्। तर, उनको माग पूरा हुन सकेको छैन।

प्रचण्ड-नेपाल पक्षले ओली पार्टी र सरकार सञ्चालन दुवैमा असफल भएको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा दुवै पदबाट राजीनामाको माग गरेका थिए।

अन्तरद्वन्वले पार्टी विभाजनको मोडमा पुगेको भन्दै एकता प्रक्रियालाई जोगाउन दोस्रो, तेस्रो तहका नेताहरु खबरदारी गर्दै आएका छन्। स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।

निरन्तर छलफलमा जुटे पनि सहमतिको विन्दुमा नेताहरु पुगेका छैनन्। तर, पछिल्ला छलफल सकारात्मक दिशमा उन्मुख भएको नेकपा नेताहरुको बुझाइ छ। आजकाे स्थायी कमिटीको बैठक स्थगित गरी अर्काे बैठक  २६ गतेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell