काठमाडौं : बुधवार कोरोना भाइरसका २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। देशभरका विभिन्न २५ प्रयोगशालामा २४ घण्टा भित्र ४ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा ४३ जिल्लाका २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।
विपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका ५ र तेह्रथुमका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १, सुनसरी र इलामका २/२ जनामा संक्रमण पुष्टि भएको बताए।
प्रादेशिक अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका एक र मोरङका ३ जनामा संक्रमण भेटिएको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका २ तथा सप्तरीका ४ जनामा भाइरस पुष्टि भएको हो।
नारायणी अस्पतालमा वीरगंजमा बाराका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १७ जना, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका ८, गोर्खाका २, कैलालीका १९, कञ्चनपुरका ७, काठमाडौंका ६ जना तथा सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ।
भरपुर अस्पतालमा चितवनका ५ जनालाई कोरोना पुष्टि भएको छ। किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासी पूर्वका २, रौतहटका ३२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १, धादिङका १, दोलखाका १, झापाका १, कास्कीका १, काठमाडौंका १०, काभ्रेका १, ललितपुरका ७, लमजुङका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २ रौतहट र सर्लाहीका १/१ जना तथा सिन्धुपाल्चोक र सुनसरीका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रे र मोरङका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका १३ जनामा तथा प्रादेशिक जनस्थ्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३ जना, पाल्पा ५ र प्युठानका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
यसैगरी, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परीक्षणमा बाँकेका २, दाङका ४, कालिकोटका १ र रुकुम पश्चिमका ३ जनामा पनि कोरोना पुष्टि भएको छ।
दैलेख प्रयोगशालामा सुर्खेतका १ जनामा कोरोना देखिएको छ। रुकुम पश्चिमको प्रयोगशालामा रुकुम पश्चिमका ४ तथा जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको हो।
सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका २, मुगुका २, सुर्खेतका १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ३ जनालाई कोरोना देखिएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका २ जनामा संक्रमण देखिएको छ।
सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ५ जना, डोटीका ४ जना, कञ्चनपुरका ५ र कैलालीका १७ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ।
