PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

रणवीर र कट्रिनाको जोडी बाँध्दै जोया



पहिलोपोस्ट

रणवीर र कट्रिनाको जोडी बाँध्दै जोया

बलिउड निर्देशक जोया अख्तरले आफ्नो नयाँ फिल्ममा रणवीर सिंह र कट्रिना कैफको जोडी बाँध्ने भएकी छिन्। बलिउडमा रणवीर र कट्रिनाको यो पहिलो सहकार्य हुनेछ। हालसम्म यी दुबैले एकसाथ फिल्‍म खेलेका छैनन्।

जोयाको फिल्म 'गली ब्वाई'मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए। फेरि एकपटक रणवीरसँग सहकार्य गर्न लागेकी जोयाले उनको जोडी कट्रिनासँग बाँध्न लागेकी हुन्।

'पिंकविला'को रिपोर्टअनुसार जोयाले अस्कर विजेता चर्चित हलिउड फिल्म 'द डिपार्टेड'को हिन्दी रिमेक बनाउँदैछिन्। यसका लागि रणवीर र कट्रिनाको नाम फाइनल गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell