PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको समर्थनमा प्रदर्शन जारी, ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’

सरकारको समर्थनमा प्रदर्शन जारी, ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्व चलिरहँदा सडकमा सरकारको समर्थनमा प्रदर्शन जारी रहेको छ। द्वन्द्वका कारण पार्टी फुटको अवस्थामा पुगेको र सरकार समेत परिवर्तन हुन सक्ने अवस्था आएको भन्दै स्थायी सरकारको पक्षमा प्रदर्शन गरिएको हो।

कलंकी क्षेत्रमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा नारा लगाइएको थियो।

उनीहरुले ‘मेरो भोटको अधिकार, ५ वर्षे स्थायी सरकार’, ‘बनाउनु छ भने यो देशको भविष्य, ५ वर्षे ओली सरकार अवस्य’, ‘जनताको मत जनताको चासो, देशलाई ओलीको खाँचो’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘सक्छौ प्रधानमन्त्रीलाई सहयोग गर, नत्र असहयोग नगर’ जस्ता नारा लगाएका थिए।

पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विभाजनतर्फ जान लागेको भन्ने नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन्। यद्यपि, अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक वार्ता भइरहेको छ।

१० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली पदबाट राजीनामा नदिने अडानमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell