PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीको समर्थनमा वीरगंजमा प्रदर्शन



राधेश्याम पटेल

प्रधानमन्त्री ओलीको समर्थनमा वीरगंजमा प्रदर्शन

वीरगंज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वतन्त्र युवा समाजको आयोजनामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वीरगंजमा मोटरसाइकल र्‍याली निकाएको छ। बुधवार साँझ घण्टाघर अगाडि रहेको विपी उद्यानबाट शुरु भएको र्‍याली घण्टाघर, आदर्शनगर, घडिअर्वा, माइस्थान हुँदै घण्टाघर चोकमा आएर कोण सभामा परिणत भएको थियो।

र्‍यालीसहितको प्रदर्शनमा सहभागी युवाले राष्ट्रिय झण्डा बोक्नुको साथै नेपालको नक्सा र केपी ओलीको तस्वीरसहित ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर बोकेका थिए। ब्यानरमा पार्टी एकता र स्थायी सरकारको पक्षमा ऐक्यबद्धता जनाऔं भनेर समेत लेखिएको थियो।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज र भोलि, केपी ओली, ‘पार्टी एकता जिन्दावाद’, ‘विदेशी हस्तक्षेप चाहिँदैन’लगायत नारा लगाएका थिए। देशभर स्वतःस्फूर्त रूपमा प्रम ओलीको समर्थनमा भइरहेको समर्थनले वीरगंजका नेकपा नेता कार्यकर्ता अभिप्रेरित भई सडकमा प्रदर्शन शुरु गरेको नेकपा पर्साका अध्यक्ष प्रभु हाजराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell