PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरिता गिरीलाई कारबाही गर्ने पार्टी निर्णयमा बाबुरामको बचाउ, ‘संगीन विषयमा ह्वीप नमान्दा क्षेत्र र लिङ्गको कुरा नगरौँ’



पहिलोपोस्ट

सरिता गिरीलाई कारबाही गर्ने पार्टी निर्णयमा बाबुरामको बचाउ, ‘संगीन विषयमा ह्वीप नमान्दा क्षेत्र र लिङ्गको कुरा नगरौँ’

काठमाडौँः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्। 

उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठिक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य  हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell