PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

घरेलु हिंसाबारे आवाज उठाउने जाराको हत्या, समातिए टेलिभिजन पत्रकार



पहिलोपोस्ट

घरेलु हिंसाबारे आवाज उठाउने जाराको हत्या, समातिए टेलिभिजन पत्रकार

रावलपिण्डी : आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक प्राइभेट टेलिभिजन च्यानलमा कार्यरत पत्रकार पक्राउ परेका छन्। रावलपिण्डीको युसुफ कोलोनीबाट उनलाई नियन्त्रणमा लिइएको हो।

पीडितकी बहिनीले जुन २९ मा एयरपोर्ट पुलिस स्टेसनमा हत्या भएको भन्दै उजुरी दिएकी थिइन्। अली सलमान अलभीलाई प्रहरीले पक्राउ गरेको हो। उनकी पत्नी सादफ जारा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

अलभीले श्रीमतीलाई यसअघि पनि पटकपटक कुटपिट गर्दै आएको प्रहरीको उजुरीमा उल्लेख छ। एयरपोर्ट पुलिस स्टेसनका एसएचओ जावेद शाहले उनलाई हत्या अभियोगमा पक्राउ गरिसकिएको जानकारी दिए। पोर्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्ने उनले जानकारी दिए।

सादफ जारा सोसल मिडियामा सक्रिय थिइन् भने उनले घरेलु हिंसाको विषयमा लगातार आवाज उठाइरहन्थिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell