PahiloPost

Jun 24, 2026 | १० असार २०८३

आजबाट नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी नवनियुक्त महानिरीक्षक थापाले सम्हाल्दै



पहिलोपोस्ट

आजबाट नेपाल प्रहरीको नेतृत्वको जिम्मेवारी नवनियुक्त महानिरीक्षक थापाले सम्हाल्दै

काठमाडौं : आजबाट नेपाल प्रहरीको नेतृत्व नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्हाल्ने छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधीका कारण बुधवारबाट अवकाश पाएका छन्। महानिरीक्षकमा बढुवा भएका थापालाई आज दर्ज्यान्ही चिन्ह प्रधान गर्ने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षकका लागि एआइजी थापा र एआइजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। थापाले अब २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षकमा रहेर काम गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell