PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

सिन्धुपाल्चोकमा भिषण पहिरो, घरसँगै मानिसहरु बेपत्ता



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा भिषण पहिरो, घरसँगै मानिसहरु बेपत्ता

काठमाडौं : गएरातिको भारी वर्षा र पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दा बढी घरहरु बगाएका छन्।

घरमा रहेका केही मानिस समेत बेपत्ता भएका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरीले बेपत्ता मानिसको खोजी गरिरहेको छ।

'दुई गाउँपालिका गरेर केही मानिस बेपत्ता भएको जानकारी आएको छ। अहिले नै यति मानिस बेपत्ता भन्ने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले भने।

बाढी पहिरोका कारण सबैभन्दा धेरै बाह्रबिसे गाउँपालिकाको जम्बु बजार क्षेत्रमा परेको छ। बजार क्षेत्र पूरै बाढीले डुवेको छ। दर्जन भन्दाबढी घरहरुमा क्षति पुर्‍याएको प्रहरीले जानकारी गराएको छ। केही मानिस बेपत्ता समेत भएका छन्।

त्यस्तै, बाढी पहिरोको कारण अरनिको राजमार्गको एक खण्ड समेत बगाएको छ। 'अहिलेसम्म ३\४ स्थानमा सडक बगाएको भन्ने जानकारी आएको छ,' एसपी महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell