PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बाह्रबिसे पहिरो : दुई जनाको शव भेटियो



पहिलोपोस्ट

बाह्रबिसे पहिरो : दुई जनाको शव भेटियो

काठमाडौं : गएरातिको भारी वर्षा र पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दा बढी घरहरु बगाएका छन्।

घरमा रहेका केही मानिस समेत बेपत्ता भएका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरीले बेपत्ता मानिसको खोजी गरिरहेको छ।

खाल्डे खोलामा उर्लेको भेलले बाढीको रुप लिई मानवीय क्षतिका साथै धनजनको क्षति भएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बताइन्।

खाक्डोल खोलामा पनि बाढीले घरहरु बगाएको र विभिन्न क्षेत्रमा बाढी तथा पहिरो गएको उपप्रमुख ले बताइन्। क्षतिको विवरण यकिन हुन सकेको छैन। हालसम्म २ जनाको शव भेटिएको छ उनले बताइन्। २० वर्षे वर्षीय निकेश बस्नेत र उनको ३ वर्षीय छोराको शव फेला परेको पाख्रिनले बताइन्।

बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु गाउँको सिंगो बस्ती नै बगाएको छ। अहिलेसम्म त्यहाँ १८ जना बेपत्ता भएको जानकारी आएको छ। गए राति १२ बजेदेखि परेको पानीका कारण याल्मो खोलामा बाढी आएपछि बगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell