PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सडक अवरुद्ध, हेलिकप्टरबाट उद्धार थालिँदै



पहिलोपोस्ट

सडक अवरुद्ध, हेलिकप्टरबाट उद्धार थालिँदै

काठमाडौं : गएराति आएको भारी वर्षा र पहिरोको कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका एक दर्जन भन्दाबढी घरहरु बगाएका छन्। धेरै मानिस बेपत्ता भएको आशंकामा खोजी गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई रातिबाट नै खोजी तथा उद्धारमा परिचालन गरिएको छ।

हालसम्म २ जनाको शव भेटिएको छ। २० वर्षे वर्षीय निकेश बस्नेत र उनको ३ वर्षीय छोराको शव फेला परेको हो। त्यस्तै, अहिलेसम्म १९ जना मानिस बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु गाउँको सिंगो बस्ती नै बगाएको छ। अहिलेसम्म त्यहाँ १८ जना बेपत्ता भएको जानकारी आएको छ। सडक खण्ड पहिरो र बाढीले बगाएपछि उद्धारका लागि समेत समस्या परेको प्रजिअ ढकालले जानकारी दिए। अहिले सडक अवरुद्ध गएको र उद्धारमा समस्या भएको स्थानमा हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिरहेको छ।

'हामीले नेपाली सेना र अरु हेलिकप्टर समेत प्रयोग गरेर उद्धारको लागि तयारी गरिरहेका छौं,' प्रमुख जिल्ला अधिकारी ढकालले भने।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पनि अहिले सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक जाँदै छन्। गए राति १२ बजेदेखि परेको पानीका कारण याल्मो खोलामा लगायत अन्य खोलामा आएको बाढी तथा पहिरोले घर तथा मानिसहरु बगाएको हो।

त्यस्तै, बाढी पहिरोको कारण अरनिको सडक खण्ड समेत बगाएको छ। राजमार्गको ३\४ स्थानमा सडक बगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell